ताजा समाचार

जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

काठमाडाैँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई पक्राउ गरिएको एसएसपी खत्रीले बताए । राउतसहित अन्य ५० जनालाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ ।जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान केही व्यक्ति सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलसलगायत कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org