सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।
केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ । राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ (एउटा सिट रिक्त बाहेक) प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ ।
जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, नेकपा एमालेको मतभार एक हजार ४८०, नेकपा माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, नेकपा एकीकृत समाजवादी पार्टीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राप्रपाको मतभार ५३ रहेको छ । यहाँ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुल मतभार ७३ प्रतिशत अथात् चार हजार ४५७ रहेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...