काठमाडौं महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत महानगरपालिकाले चार हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्न लागेको हो ।
महानगरको शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार साइबर सुरक्षा क्षेत्रमा काम गर्न इच्छुक विद्यार्थी र पेशाकर्मीलाई तालिम दिइनेछ । तालिममा साइबर जोखिमबाट बच्ने ज्ञान र सिप सिकाइने उनको भनाई छ ।
‘गएको वर्ष नेपालमा ५९ प्रतिशत साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यस प्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ,’ उनले भने । इन्टरनेटको पहुँच बढेसँगै साइबर सुरक्षाको चुनौती पनि बढेको उनी बताउँछन् । स्मार्ट फोन चलाउने सर्वसाधारणलाई पनि इन्टरनेटमा आधारित सुरक्षा दिइनुपर्नेमा उनको जोड छ ।
‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छन् । कहिलेकाँही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नुपर्नेछ । हामीले यसको थालनी गरेका हौं,’ झाले भने । महानगरपालिकाले माघ २ गते दिउँसो २ बजेदेखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा तालिम आयोजना गरिने जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...