ताजा समाचार

आमा फाउन्डेसन र कामपा २४ को सहकार्यमा बाैद्धिक विकास तथा आत्म रक्षा तालिम सम्पन्न

काठमाडाैँ । काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको संयुक्त आयोजनामा बाैद्धिक विकास तथा आत्मरक्षा सम्पन्न भएको छ ।
काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको सहकार्यकामा २०८०/०९/२२ देखी सञ्चालन भएको १५ दिने बाैद्धिक विकास तथा आत्मरक्षा कार्यक्रम आज एक कार्यक्रमबीच समापन भएको हो ।
समापन कार्यक्रममा बरिष्ठ समाजसेवी सिर्जना सिंह, विशेष अतिथि कामपा वडा नं २४ का अध्यक्ष विनोद राज भण्डारीलगाएतको उपस्थिती रहेको थियोे ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले भनिन्: यस्तो किसिमका कार्यक्रमले समाजमा रुपान्तरणका लागी महत्वपुर्ण योगदान पुर्‍याउछ । नागरिकको बाैद्धिक विकास र आत्म रक्षा विकासले अनुशासित र सुरक्षा समाज निर्माणमा ठूलो योगदान पुर्‍याउने भएकाले यस्ता कार्यक्रम झन धेरै आवश्यक छ ।
१५ दिने तालिम आत्मरक्षा प्रशिक्षक सबनम खड्गी सिला खड्गि श्रवण तामाङ र बाैद्धिक प्रशिक्षक प्रिति माया पुन, रजनीराज भण्डारी,अशाेक शर्मा भट्टले प्रशिक्षित गरेका थिए ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राजभण्डारीले भने: वडाबासीमा यस्ता किसिमका तालिमले महत्वपुर्ण योगदान पुर्‍याउने भएकाले भोलीका दिनमा पनि यस्ता प्रकृतिका तालिम सञ्चालनका लागी विभिन्न संघसंस्थासंग हातेमालो गर्दै जानेछाैँ । यो सहकार्यको लागी आमा मेमोरियल फाउन्डेसन प्रति आभार प्रकट गर्दछु ।
नागरिकमा बाैद्धिक विकास तथा आत्म रक्षाको विकास गर्ने उद्देश्यका साथका साथ सञ्चालन गरेको कार्यक्रममा २० जना प्रशिक्षार्थीको उपस्थित रहेको थियो ।                                                       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org