बुबाबाटै छोरी बलात्कृत, छोराले थाहा पाएर प्रहरीमा जाहेरी दिएपछि बञ्चरोले हानेर हत्या
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा मृत्त भेटिएका २१ वर्षीय युवकको (नाम गोप्य राखिएको) आफ्नै बाबुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
युवक सोमबार राति आफ्नै घर छेउमा मृत भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा राति १ बजेतिर फेला परेका उनको आफ्नै बाबुले हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बञ्चरोले हानेको अवस्थामा युवकको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्ध जाहेरी दिएका थिए ।
प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउन साथ बुबा फरार थिए । पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताएका छन् । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।
‘पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’ लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
आफू बाबुबाट बलात्कृत भएको कुरा किशोरीले दाइलाई सुनाएकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की समेत दिएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।
पीडित छोरीले भारतमा लुकेर बसेका बुबाले नै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ‘प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्छ,’ अनुसन्धान खटिएका एक प्रहरी अधिकृतले भने, ‘बुबामाथि शंका गर्ने आधारहरू भेटिदै गएका छन् ।’ यता पीडतले पनि बुबाले नै हत्या गरेको प्रारम्भिक बयान समेत दिएकी छिन् । उनले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको बयानमा बताएकी छिन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...