जलविद्युत्को विकास भए मात्रै नेपाल समृद्ध : अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत्को विकास भएमात्रै मुलुक समृद्ध हुने बताएका छन्।
बिहीवार इप्पानको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले देशलाई समृद्ध बनाउन जलविद्युत् विकास पहिलो भएको बताएका हुन्। उनले सरकारले १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक रहेको बताए। मुलुकलाई समृद्धिको बाटोमा लैजाने क्षेत्र भनेकै जलविद्युत् भएको दाबी गरे।
उनले बैंक तथा वित्तीय क्षेत्रले पनि जलविद्युत्मा लगानी बढाउन आवश्यक रहेको बताए। उनले १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ आवश्यक पर्ने बताए। उनले त्यसका लागि नेपालभित्रबाट कति सम्भव भन्ने कुरामा राष्ट्रबैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि ऊर्जा मन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा विकास गरी सबै काम ऊर्जा मन्त्रालयबाट गर्नसक्ने वातावरण बनाउन आवश्यक रहेको बताए।
ऊर्जा क्षेत्रका सबै काम ऊर्जा मन्त्रालयबाटै हुनेगरी ऊर्जा मन्त्रालयलाई शक्तिशाली बनाउन आवश्यक देखिएको उल्लेख गरे। उनले सरकारले जलविद्युत् क्षेत्रका लागि धेरै खालका नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। जलविद्युत् उत्पादनका लागि झन्झटिला नीति र कार्यविधि सरकारले सुधार गरेर लैजानसके मात्रै २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल हुनसक्ने दाबी उनको छ।
उनले भने, ‘जलविद्युत् क्षेत्रमा धेरै खाले सुरक्षा र तोडफोड भोगिरहेका छौं। त्यसैले अबको दश वर्षलाई ऊर्जा दशक घोषणा गरौँ। ऊर्जा विकासका लागि संकटकाल लगाउनुपर्छ। सरकारले यो कुरा कार्यान्वयन गर्छ भन्ने आशा छ। जलविद्युत् उत्पादनभन्दा बाहेकको आम्दानी हुँदैन। जलविद्युत् कम्पनीको बैंकको ब्याजदर वृद्धि,ट्रान्समिसन लाइन, बाढी र पानीको समस्या लगायतले आम्दानी घट्दै छ। धेरै खालका नीतिगत सुधार गर्नुपर्छ। जलविद्युत् उत्पादनका लागि झन्झटिला नीति र कार्यविधि छन्। तिनीहरूलाई सरकारले सुधार गरेर लैजानुपर्छ।’
अध्यक्ष कार्कीले अबको १० वर्षलाई ऊर्जा दशक घोषणा गर्न माग गरे। उनले पछिल्लो समय जलविद्युत् उत्पादनमा विभिन्न खालका समस्या रहेकाले कम्पनीहरूको आम्दानी समेत घट्ने अवस्थामा रहेको बताए।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...