एमालेले सरकारलाई बुझायो जनताका ७५१ माग
काठमाडौं । नेकपा एमालेले सरकारलाई जनताको सुझाव र माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वको एमाले प्रतिनिधिमण्डलले ध्यानाकर्षण बुझाएको हो । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रापछि जनताका सुझाव र पार्टीले अनुभूत गरेका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।
“विभिन्न क्षेत्रबाट प्राप्त भएका सुझाव हामीले सरकारलाई बुझाएका छौँ, जसलाई हामीले जनताको नासो हो भनेका छौँ । यसको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हौँ ।”
एमालेको उक्त संकल्प यात्राका क्रममा ७५१ वटा माग आएको जनाएको छ । नेता ज्ञवालीका अनुसार ४६ वटा क्षेत्रका सबै प्रदेशबाट मागहरु आएका छन् । एउटा मागमा एक हजार ४ सय बढीको पनि हस्ताक्षर छ ।
एमाले नेताहरुसँग प्रधानमन्त्री दाहालले ध्यानाकर्षण पत्र ‘दराजमा थन्किन पाउने छैनन्’ भनी आश्वस्त तुल्याएका थिए ।
Comments
अरु समाचार
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...












