विद्यालयमा किशोरीहरुको पहुँच सुनिश्चित गर्न तालिवान समूहसँग अन्तर्राष्ट्रिय संघसंस्थाको आग्रह
काबुल । अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानी किशोरीहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । अफगानिस्तानमा दुई वर्षभन्दा बढी समयदेखि किशोरीाहरूलार्ई शिक्षाको पहुँचमा प्रतिबन्ध लगाइएको टोलो न्यूजले जनाएको छ । विश्वले जनवरी २४ मा अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउँदै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले बालिकाहरूका लागि विद्यालयहरू खोल्न आग्रह गरेका हुन् ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष दूत रोजा ओटुनबायेभा, एम्नेस्टी इन्टरनेसनल, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त, विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय समूहहरूले तालिबान समूहलाई किशोरीाहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।
रोजा ओटुनबायेभाले सामाजिक सञ्जाल एक्समा युएनएएमए न्यूजले जारी गरेको भिडियोमा सबैलाई शिक्षा प्रदान गर्नु नै अफगानिस्तानको भविष्यको आधार भएको कुरामा जोड दिनुभयो ।
अफगानिस्तानमा, सबैका लागि शिक्षा मौलिक अधिकार मात्र नभई अफगानिस्तानको भविष्यको आधार भएको उहाँले बताउनुभयो । टोलो न्यूजका अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवरसमा विद्यालयहरू खोल्न पश्चिमी राष्ट्रहरूको मात्र नभई मुस्लिम समुदायको पनि माग रहेको ओटुनबायेभाले बताउनुभएको छ ।
उहाँले शिक्षा केवल नैतिक अनिवार्य मात्र नभई समृद्धि र शान्तिका लागि महत्वपूर्ण छ भनेर चिन्नसमेत तालिबानसँग आग्रह गर्नुभयो । वर्तमान मार्गलाई कायम राख्दा अफगानहरूलाई थप हानि पुग्ने तथा अफगानिस्तानलाई इस्लामिक विश्व र अन्तर्राष्ट्रिय समुदाय दुवैबाट अलग्गै राख्ने जोखिम बढ्ने उहाँले बताउनुभयो ।
एम्नेस्टी इन्टरनेसनलले बिहीबार जारी विज्ञप्तिमा अफगान सरकारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्न र महिलाहरूलाई काम गर्न अनुमति दिन आग्रह गरेको छ ।
सबै विद्यालय तथा विश्वविद्यालयहरू तुरुन्तै पुन ः खोलेर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरेर महिलाहरूलाई काममा फर्कन अनुमति दिदै महिला र सबै उमेरका केटीहरूको शिक्षामा पहुँचसहित उनीहरूको पूर्ण अधिकार प्रदान गर्न, सङ्गठनले सुझाएको छ ।
महिला अधिकार कार्यकर्ता तफसिर सेयापोसले इस्लामको पवित्र धर्ममा हरेक दिन शिक्षाको दिन हो, दुर्भाग्यवश, आज अन्तर्राष्ट्रिय शिक्षा दिवसमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेको बताउनुभयो । उहाँले आफुहरू इस्लामिक सरकारले सकेसम्म चाँडो बिशोरीहको शिक्षाको सुनिश्चितता गर्ने विषयमा आशावादी रहेको बताउनुभएको छ ।
तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले छैटौँ कक्षाभन्दा माथिका बालिकाहरूको शिक्षामा कुनै विषय उठान गर्नु भएन । यद्यपि, उहाँले शिक्षाको व्यवस्था वर्तमान सरकारको प्राथमिकतामध्ये एक रहेको बताउनुभएको छ ।
मुजाहिदले शिक्षा धेरै आवश्यकतामध्ये एक भएको बताउदै इस्लामिक इमिरेट्सले शिक्षालाई प्राथमिकता दिएको र बजेटलाई शिक्षा क्षेत्रमा बढी केन्द्रित गर्ने प्रयास गरिरहेको बताउनुभयो । अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका केटीहरूलाई विद्यालय जान नदिई ८०० दिन बितिसकेको छ । लगभग चार सय दिन विश्वविद्यालयहरू महिला विद्यार्थीहरूका लागि बन्द गरिएका छन् ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...