ताजा समाचार

विद्यालयमा किशोरीहरुको पहुँच सुनिश्चित गर्न तालिवान समूहसँग अन्तर्राष्ट्रिय संघसंस्थाको आग्रह

काबुल । अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानी किशोरीहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।  अफगानिस्तानमा दुई वर्षभन्दा बढी समयदेखि किशोरीाहरूलार्ई शिक्षाको पहुँचमा प्रतिबन्ध लगाइएको टोलो न्यूजले जनाएको छ । विश्वले जनवरी २४ मा अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउँदै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले बालिकाहरूका लागि विद्यालयहरू खोल्न आग्रह गरेका हुन् ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष दूत रोजा ओटुनबायेभा, एम्नेस्टी इन्टरनेसनल, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त, विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय समूहहरूले तालिबान समूहलाई किशोरीाहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।
रोजा ओटुनबायेभाले सामाजिक सञ्जाल एक्समा युएनएएमए न्यूजले जारी गरेको भिडियोमा सबैलाई शिक्षा प्रदान गर्नु नै अफगानिस्तानको भविष्यको आधार भएको कुरामा जोड दिनुभयो ।

अफगानिस्तानमा, सबैका लागि शिक्षा मौलिक अधिकार मात्र नभई अफगानिस्तानको भविष्यको आधार भएको उहाँले बताउनुभयो । टोलो न्यूजका अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवरसमा विद्यालयहरू खोल्न पश्चिमी राष्ट्रहरूको मात्र नभई मुस्लिम समुदायको पनि माग रहेको ओटुनबायेभाले बताउनुभएको छ ।

उहाँले शिक्षा केवल नैतिक अनिवार्य मात्र नभई समृद्धि र शान्तिका लागि महत्वपूर्ण छ भनेर चिन्नसमेत तालिबानसँग आग्रह गर्नुभयो ।  वर्तमान मार्गलाई कायम राख्दा अफगानहरूलाई थप हानि पुग्ने तथा अफगानिस्तानलाई इस्लामिक विश्व र अन्तर्राष्ट्रिय समुदाय दुवैबाट अलग्गै राख्ने जोखिम बढ्ने उहाँले बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनलले बिहीबार जारी विज्ञप्तिमा अफगान सरकारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्न र महिलाहरूलाई काम गर्न अनुमति दिन आग्रह गरेको छ ।

सबै विद्यालय तथा विश्वविद्यालयहरू तुरुन्तै पुन ः खोलेर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरेर  महिलाहरूलाई काममा फर्कन अनुमति दिदै महिला र सबै उमेरका केटीहरूको शिक्षामा पहुँचसहित उनीहरूको पूर्ण अधिकार प्रदान गर्न, सङ्गठनले सुझाएको छ ।

महिला अधिकार कार्यकर्ता तफसिर सेयापोसले इस्लामको पवित्र धर्ममा हरेक दिन शिक्षाको दिन हो,  दुर्भाग्यवश, आज अन्तर्राष्ट्रिय शिक्षा दिवसमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेको बताउनुभयो । उहाँले आफुहरू इस्लामिक  सरकारले सकेसम्म चाँडो बिशोरीहको शिक्षाको सुनिश्चितता गर्ने विषयमा आशावादी रहेको बताउनुभएको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले छैटौँ कक्षाभन्दा माथिका बालिकाहरूको शिक्षामा कुनै विषय उठान गर्नु भएन । यद्यपि, उहाँले शिक्षाको व्यवस्था वर्तमान सरकारको प्राथमिकतामध्ये एक रहेको बताउनुभएको छ ।

मुजाहिदले शिक्षा धेरै आवश्यकतामध्ये एक भएको बताउदै इस्लामिक इमिरेट्सले शिक्षालाई प्राथमिकता दिएको र बजेटलाई शिक्षा क्षेत्रमा बढी केन्द्रित गर्ने प्रयास गरिरहेको बताउनुभयो ।  अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका केटीहरूलाई विद्यालय जान नदिई ८०० दिन बितिसकेको छ ।  लगभग चार सय  दिन विश्वविद्यालयहरू महिला विद्यार्थीहरूका लागि बन्द गरिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org