ताजा समाचार

झापामा सशस्त्र प्रहरीको थप तीनवटा बिओपी सञ्चालनमा

काठमाडाैँ । झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ।

भारतसँग सीमा जोडिएको झापामा अपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो।

बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ। गौरीगञ्ज- २ मा बिओपी लालमाटी, गौरीगञ्ज- ४ मा बिओपी अल्तामारी र कचनकवल- ५ मा बिओपी डागाबारी स्थापना भएको हो।

बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको सशस्त्र प्रहरी बल नम्बर २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेललगायतले संयुक्त रूपमा उद्घाटन गरे।

योसँगै भारतसँग १४४.२ किलोमिटर सीमा जोडिएको झापामा सीमा सुरक्षाका लागि प्रस्तावित चार गुल्म र १७ बिओपी तैनाथ रहेको अर्यालले बताए। अझै विभिन्न १५ स्थानमा बिओपी निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले अन्तर्राष्ट्रिय सीमामा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी तैनाथ रहेको बताए। उनले सीमामा हुने अपराध रोक्न सके आन्तरिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सीमामा सशस्त्र प्रहरीले शून्य सहनशीलता अपनाएर काम गरिरहेको जिकिर गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org