ताजा समाचार

हुम्लामा हिमपात,बाली सप्रिने आसमा किसान

काठमाडाैँ ।  हुम्लामा गएरातिदेखि हिमपात भएको छ ।

गएरातिदेखि मौसममा बदली भई भारी हिमपात भएको हो । यसअघि मंसिर दोस्रो सातामा पनि हुम्लामा हिमपात भएको थियो  यो यस वर्षको दोस्रो हिमपात हो ।

हिमपातले हुम्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध भएको छ । हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ। भने दक्षिणी क्षेत्रकासर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर बर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि हर्षित भएका छन।

हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुग्छ । माथिल्लो, मध्य र तल्लो तीन भागमा बाँडिएको हुमलाको माथिल्लो, मध्ये क्षेत्रका सबै गाउँलगायत स्थानमा बढी हिमपात भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org