ताजा समाचार

आहा ! हिउँले सेताम्मे रारा (हेर्नुस् तस्वीरहरू)

काठमाडाैँ । कर्णालीका जिल्लाहरूमा भएको हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतिवेला करिब एक फिट हिउँ जमेको छ ।

शुक्रबार मौसममा हल्का सुधार आएसँगै रारा ताल क्षेत्र सेताम्य टल्किएको छ । रारामा यो समय खासै पर्यटकको भिड नभए पनि दैनिक पाँचदेखि १० जना पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जानाएको छ ।

हिउँले रारा तालवरिपरिका डाँडा तथा चुचुराहरू  सेताम्य भएका छन् भने ताल क्षेत्रवरिपरि एक फिटजति हिउँ जमेको छ । आज रारामा हल्का घाम लागेपछि हिउँले ताल पूरै टल्किएर रमणीय देखिएको छ । सल्लेरीको, लामाचौर, जेउडे खोला र चुच्चेमारामा हिउँका कारण रारा आउने बाटो अवरुद्ध भएको स्थानीयले बताए ।

तालवरिपरि रहेका चौरहरू टम्म हिउँले भरिएर रारालाई झनै रमणीय बनाएका छन् । रूखहरू हिउँले भरिएर सेता फूलका थुंगाजस्तै देखिएका छन् ।

हेर्नुस् तस्वीरहरूः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org