ताजा समाचार

संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ

काठमाडाैँ । संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार पद तथा गाेपनीयताको शपथ खाएका छन्।

यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी संसद्को महासचिवमा नियुक्त गरेका थिए।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org