ताजा समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको सर्टलिष्ट सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको सर्टलिष्ट सार्वजनिक गरेको छ ।
उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकोमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको मात्रै नाम समावेश छ। उपकुलपति छनोट कार्यविधिमा १५ जना गर्ने भनिए पनि १४ जना मात्रै योग्य भएको एक सदस्यले बताए।
सर्टलिष्ट हुनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक तीर्थ खनियाँ पनि परेका छन्। खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको आरोप लागको छ।
उपकुलपतिको सर्ट लिस्टमा पर्नेमा त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य पनि छिन्। ४३ जनाले दर्खास्त दिएकोमा उनी सहित दुई जना महिला थिए। त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक  ज्ञानेन्द्र प्रसाद पौड्याल पनि सर्ट लिस्टमा परेका छन्।
समितिले सार्वजनिक गरेको लिस्टमा केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल छन् । त्यस्तै जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत,
कार्यवाहक उपकुलपति शिवलाल भुसाल र अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा अटाएका छन्।                                                                             

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org