त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि १४ जनाको सर्टलिष्ट सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको सर्टलिष्ट सार्वजनिक गरेको छ ।
उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकोमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको मात्रै नाम समावेश छ। उपकुलपति छनोट कार्यविधिमा १५ जना गर्ने भनिए पनि १४ जना मात्रै योग्य भएको एक सदस्यले बताए।
सर्टलिष्ट हुनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक तीर्थ खनियाँ पनि परेका छन्। खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको आरोप लागको छ।
उपकुलपतिको सर्ट लिस्टमा पर्नेमा त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य पनि छिन्। ४३ जनाले दर्खास्त दिएकोमा उनी सहित दुई जना महिला थिए। त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल पनि सर्ट लिस्टमा परेका छन्।
समितिले सार्वजनिक गरेको लिस्टमा केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल छन् । त्यस्तै जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत,
कार्यवाहक उपकुलपति शिवलाल भुसाल र अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा अटाएका छन्। 
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












