ताजा समाचार

टेरामक्स अनियमितता प्रकरणमा सुटुक्क अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बेलुका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको बयान लिएको छ।

अख्तियार स्रोतले बिहीबार कार्यालय समय सकिएपछि मन्त्री बस्नेत बयानका लागि टंगालस्थित आयोगको मुख्य कार्यालयमा बयानका लागि आएको पुष्टि गरेको छ।‘मन्त्रीज्यू ढिला गरी कार्यालय आउनुभएको थियो, आफ्ना कुरा राखेर जानुभएको हो,’ अख्तियार स्रोतले भन्यो।

पदमै रहेका बेला कुनै मन्त्रीले अख्तियारमा बयान दिएको यो पहिलोपटक हो। अख्तियारका पदाधिकारीहरु भने यसबारे मौन छन्।
यसअघि पटकपटक बोलाउँदा पनि मन्त्री बस्नेतले बयानका लागि आनाकानी गरेका थिए। २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा मन्त्री बस्नेतले गैरकानुनी रुपमा टेरामक्स प्रणाली स्थापनाको निर्णय गरेको आरोप उनीमाथि छ।

मन्त्री बस्नेतले कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त सिस्टम सञ्चालन गर्ने भनी सञ्चारमन्त्री भएकै बेला निर्णय गरेका थिए। यस प्रकरणमा आरोपित अन्य पदाधिकारीहरुसँगै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि अख्तियारमा बयान दिइसकेका छन्।

यसअघि २०६८ सालमा तत्कालीन सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता गैरकानुनी सम्पत्तिआर्जनको अभियोगमा सर्वोच्चबाटै दोषी ठहर भएपछि सर्वोच्च परिसरमै पक्राउ परेका थिए। उनलाई पदमै रहेका अवस्थामा सर्वोच्चले दोषी ठहर गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org