ताजा समाचार

आईसीसी विश्वकप लिग-२: नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भएका हुन् ।

यसअघि तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थियो । खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो ।

कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । नेपालले तीन विकेटको क्षतिमा १३ रन बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org