धादिङ एमालेमा भूमि त्रिपाठीको प्यानल विजयी, अन्य पदाधिकारीमा को-को जिते ? (सूचीसहित)
काठमाडाैँ । काठमाडौं । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् ।
मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।
केहीबेर अघि सम्पन्न मतदानको प्रारम्भिक अनुमानमा पनि त्रिपाठी नै दोहोरिने सम्भावना प्रबल थियो । दुई कार्यकाल उपाध्यक्ष रहिसकेका थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले त्रिपाठीको समूहलाई धक्का दिनसक्ने केही प्रतिनिधिले बताएका थिए । अर्जुन गोर्खाली उपाध्यक्षमा आएका छन् । आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीको विगतमा पिए बसेका डा. रमेशका बुबा हुन् ।
गोर्खालीले ३१५ ल्याएका छन् । सचिव पदमा सबैभन्दा धेरै मतान्तर भएको बताइन्छ । दुई साताअघि आयोजित अधिवेशनको बन्द सत्रमा मतदानको प्रक्रिया प्रारम्भ अगावै दुई पक्षबीच भएको आरोप प्रत्यारोप र विवाद हात हालाहालको अवस्थामा पुगेपछि रोकिएको थियो । स्थगित अधिवेशन अस्तिदेखि थालिए पनि मतदान प्रक्रिया आज भएको हो । आज १५ वटा विद्युतीय मेशिनबाट मतदान गराइएको थियो ।
पुनः अधिवेशन सुचारु गर्नुअघि भएको सहमतिमा संगठन विभागले पहिलेको भन्दा १० जनाको विशेष कोटा थपिदिएको थियो । उक्त निर्णयपछि मात्रै विवादमा देखिएको अर्को पक्ष निर्वाचनमा सहभागी हुन तयार भएको हो ।
धादिङ एमालेका पुराना नेताहरु मीनराज कँडेल, देवप्रसाद त्रिपाठी, खेम पाठकहरु भूमिको पक्षमा खुलेर लागेका थिए । खेम लोहनी र जानुका सिंखडाहरु भने आचार्यको पक्षमा देखिए ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...