पत्रकार एवम् संगठनका अध्यक्ष निरौलामाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : प्रेस चौतारी संङ्खुवासभा
संङ्खुवासभा । प्रेस चौतारी नेपाल सङ्खुवासभाले आफ्नो संगठनका अध्यक्षमाथि भएको अभद्र व्यवहारको निन्दा तथा भर्त्सना गरेको छ । संखुवासभाको चैनपुर-६ जीरोप्वाइन्टको ‘मेला तथा मिनि महोत्सव’ मा समाचार संकलन गर्न गएका पत्रकार एवम् प्रेस चौतारी नेपाल सङ्खुवासभाका अध्यक्ष प्रेम निरौलामाथि मेला आयोजक समितिले गरेको अमानवीय क्रियाकलापप्रति प्रेस चोतारीले निन्दा तथा भर्त्सना गरेको हो ।
प्रेस चौतारी संखुवासभाका उपाध्यक्ष दिव्य राईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्य-तथ्य समाचार संकलन गर्न गएका अध्यक्ष निरौलालाई मेलाको फोटो खिच्न नदिने, सञ्चार साधन मोवाइल जफत गर्ने, धम्की, हातपात लगायतका अमानवीय क्रियाकलाप गरेको उल्लेख छ । यस्तै अनेक लाञ्छना लगाएर आयोजकले उल्टै विज्ञप्ति निकालेर गलत प्रचार गरेको हुँदा दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिन विज्ञप्तिमार्फत माग गरिएको छ । यही फागुन १० गते बिहीवार साँझ सत्यतथ्य समचार संकलन गर्न गएका पत्रकार निरौलामाथि अभद्र व्यवहार भएको थियो ।
संखुवासभामा रातिको समयमा मात्रै मेला-महोत्सव सञ्चालन गर्ने र धनको हारजित हुने खेल खेलाउने गतिविधि एकपछि अर्को ठाउँमा बढ्दै गएको छ । यसै क्रममा सत्यतथ्य समाचार संकलन गर्न जाँदा मेला स्थलमा पुग्नासाथ यसअघि असल शासन क्लब संङखुवासभाले जिल्ला प्रशाशन कार्यालयमा बुझाएको ध्यानाकर्षणपत्रको आधारमा पाख्रिबास साप्ताहिक पत्रिकाले लेखेको समाचारको विषयलाई लिएर अमानवीय क्रियाकलाप गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाचार संकलन गरेकै आधारमा पत्रकारलाई अमानवीय व्यवहार गरिँदा मेला महोत्सवको गरिमा गुम्ने, पालिकाभित्र गुण्डागर्दी बढ्ने र अराजक क्रियाकलापहरु मौलाउने खतरा बढेको भन्दै प्रेस चौतारी नेपाल सङ्खुवासभाले सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएको छ । संगठनले जिल्ला प्रशासन कार्यालय संखुवासभा, नेपाल पत्रकार महासंघ संखुवासभा र प्रेस चौतारी नेपाल कोशी प्रदेशको कार्यालयलाई ध्यानाकर्षण गराउँदै रिपोर्टिङका क्रममा फेला परेको धनको हारजित हुने खेल डाइस (सिक्स्स), लक्की सिक्स् र लक्की सेभेन बन्द गर्न आग्रह गरेको छ ।
यसैगरी, प्रेस चौतारी सङ्खुवासभाका अध्यक्ष समेत रहेका ‘पाख्रिबास साप्ताहिक’का सम्पादक प्रेम निरौलाले ‘चैनपुर मेला तथा मिनि महोत्सव’ आयोजक समूहले आफूमाथि गरेको अभ्रद व्यवहारबारे जिल्ला प्रशासन कार्यालय संखुवासभाको ध्यानाकर्षण गराएका छन् । उनले गत विहिवार साँझ पौने ८ बजे ‘चैनपुर मेला तथा मिनि महोत्सव’ चैनपुर-६ जीरो प्वाइन्ट पुग्दा आयोजक समूहका केही व्यक्तिहरुले महोत्सव स्थलभित्र फोटो खिच्न नपाइने भन्दै आफ्नो मोवाइल जफत गरेका उल्लेख गरेका छन् ।
उनीहरुले यसअघि ‘पाख्रिबास साप्ताहिक’ पत्रिकामा समाचार किन लेखेको भन्दै धम्कीपूर्ण व्यवहार गरेका कारण यस प्रकारको कार्य नदोहोरिने वातावरण सिर्जना गरियोस् भन्ने माग जिल्ला प्रशासन कार्यालयलाई लेखेको निवेदनमा सम्पादक निरौलाले उल्लेख गरेका छन् ।
Comments
अरु समाचार
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...