आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै भेट्टाएको हो।
हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १६७ रनको ऐतिहासिक साझेदारी गरे। हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए। अभिषेकले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए। लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्।
बुधबार भएको खेलमा हैदरावादले लखनउविरुद्ध आईपिएल इतिहासमै धेरै रेकर्ड बनाएको छ। सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको हो। टी(२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ।
डेभिस हेडले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाए । उनीहरुले पावर प्लेमा सय रनको साझेदारीसमेत गरेका छन् । सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए। कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहे।
हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिए। यो जितसँगै हैदरावादको प्लेअफ सम्भावना दलियो भएको छ। अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हैदरावादले १२ खेलमा सात जित निकाल्दै १४ अंक जोडेको छ। हैदरावादसँग पराजित भएको लखनउ भने छैठौं स्थानमा झरेको छ। १२ खेल खेलेको लखनउले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ। आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरुको प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
राष्ट्रपति भेट्न शीतल निवास पुगे दाहाल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति...
-
वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धत छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। हालै सम्पन्न सचिवालय...
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...