ताजा समाचार

संगीतकार सापकोटाले फोटो पत्रकारलाई अवरोध गरेको भन्दै पिजे क्लबको आपत्ति

काठमाडौं । फोटो पत्रकार (पीजे) क्लबले गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने कार्यक्रमको फोटो खिच्ने क्रममा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार साँझ एक विज्ञप्तिमार्फ पीजे क्लबले आफ्ना सदस्यसमेत रहेका गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई अध्यक्ष सापकोटाले “बिनाकारण गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन’जस्तो अपमानजक वाक्यांश प्रयोग गरेको” बताएको छ ।

“नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा २०८० फागुन १५ गते भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ ।

आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा बाधा पुर्‍याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन,” क्लबका महासचिव प्रकाशचन्द्र तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्लबले सापकोटासँग क्षमाचायना गर्न माग गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org