संगीतकार सापकोटाले फोटो पत्रकारलाई अवरोध गरेको भन्दै पिजे क्लबको आपत्ति
काठमाडौं । फोटो पत्रकार (पीजे) क्लबले गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने कार्यक्रमको फोटो खिच्ने क्रममा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार साँझ एक विज्ञप्तिमार्फ पीजे क्लबले आफ्ना सदस्यसमेत रहेका गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई अध्यक्ष सापकोटाले “बिनाकारण गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन’जस्तो अपमानजक वाक्यांश प्रयोग गरेको” बताएको छ ।
“नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा २०८० फागुन १५ गते भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ ।
आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा बाधा पुर्याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन,” क्लबका महासचिव प्रकाशचन्द्र तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्लबले सापकोटासँग क्षमाचायना गर्न माग गरेको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...