बेलायतमा मेयर रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
काठमाडाैँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘इन्टरनेसनल मेयर अवार्ड’ पाएकी छन्।
बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहका बीच गएराति उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि मेयर दाहालले भनेकी छन्, ‘बेलायतको संसद् भवन हाउस अफ कमन्सस्थित लन्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरूका बीच सँगै सम्मान ग्रहण गर्दा गौरवान्वित महसुस भएको छ।’
मेयर रेनुसँगै लन्डनका मेयर खानलाई लोकल गभर्नमेन्ट अवार्ड र राष्ट्रपति फकिमलाई इन्टरनेसनल वम्यान अफ द इयर अवार्ड दिइएको थियो।
सो अवसरमा पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत बेलायतलगायत विभिन्न देशका फरक–फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई अवार्ड प्रदान गरिएको थियो।
उक्त अवार्ड बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायामन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्टपति अमिना गुरिब फकिम, बेलायत वेल्स राज्यकी सांसद नतासा अस्गरलाई दिइएको मेयर रेनुले जानकारी दिएकी छन्।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...