त्रिकोणात्मक टि-२० सिरिजमा आज नेपाल पपुवा न्युगिनी भिडदै
काठमाडौं – त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ। यो खेल बिहान ६ बजेर ४५ मिनेट जाँदा हङकङको मोङ कोक मैदानमा सुरु हुँदैछ ।यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्।
हङकङको मोङ कोक मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्। यो सिरिज बुधबारसम्म चल्नेछ। नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी(२० विश्वकप तयारीका लागि हङकङ पुगेर टी(२० सिरिज खेलेको हो।
सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्। क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको थियो। फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि घरेलु टोली हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६।४ ओभरमा सबै विकेटको क्षतिमा १३९ रनमा समेटिएको थियो।
Comments
अरु समाचार
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...