प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए।
उनका अनुसार घोषणा मूल समारोहअघि बसुन्धरा उद्यानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको र्याली निकालिनेछ। घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ। ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्यालीपछि समारोह हुनेछ। राजधानी शहरको प्रतिमा अनावरणपछि औपचारिक घोषणा हुनेछ’, उनले भने।
घोषणा समारोहलाई भव्य बनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ। समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिव, पोखराका छिमेकी पालिका रूपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष र पर्यटन संघ संस्थालगायत छन्।
राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउन नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको छ।
प्रदेश सरकारले आफ्नो राजधानी शहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो। समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो। पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सव बनाउने गरी भव्य बनाउने गरी तयारी गरेको बताए।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
Comments
अरु समाचार
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
आजको राशिफल: २०८१ वैशाख २७ गते बिहीबार
मेषः अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
जन्मदाता आमालाई सम्मान गर्दै ’आमाको मुख हेर्ने पर्व’ मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...
-
आजको राशिफल : २०८१ वैशाख २६ गते बुधवार
मेषः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला र महत्त्वाकांक्षा बढाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
आईपीएल: आज मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे...