मुलुकका केही स्थानमा वर्षा र हिमपात हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मधेश र कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
-
वर्षासँगै काठमाण्डौं प्रदूषण कम हुँदै
काठमाडौं ।काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठकमा नेताहरूले बोल्न बाँकी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
आजको राशिफल: २०८१ वैशाख ३० गते आइतवार
मेष: विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।पुरुषार्थी...
-
आजको राशिफल: २०८१ वैशाख २९ गते शनिवार
मेष :सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...