राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन् ।
‘देश सञ्चार’ लाई गत २३ वैशाखमा दिएको अन्तर्वार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’
यसैगरी, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए । सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।

Comments
अरु समाचार
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...
-
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...