सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७-७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७÷७८ मा एक सय ८७, आव २०७८-७९ मा एक सय ९६, आव २०७९-८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिनुभयो । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।
‘दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ । कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्’, प्रनाउ उप्रेतीले भन्नुभयो, ‘प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रमहरु सञ्चालित छन् ।’
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो । ‘जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ’, उहाँले भन्नुभयो, ‘चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।’
प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकहरुमा दुर्घटना बढी हुने गरेको बताउनुभयो । ‘कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्’, उहाँले भन्नुभयो, ‘भित्री सडकहरुमा बढी दुर्घटना हसने गरेको पाएका छौँ । ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’
Comments
अरु समाचार
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
काठमाडौं । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच...
-
दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु
काठमाडौं । युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार...
-
तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी
काठमाडौं । जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले...
-
अठार वर्षपछि सडक कालोपत्र
काठमाडौं । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको...
-
खेल पर्यटन प्रवर्द्धनार्थ ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
काठमाडौं । कर्णालीको खेल पर्यटन प्रवर्द्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
करेन्ट लागेर धनुषामा एकको मृत्यु
काठमाडौं । धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली...
-
यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु। ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात...