बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बागमती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी, कार्य विरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताउनुभयो । बैठकले खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको...
-
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना(सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्...
-
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक...
-
चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापती रवि लामिछनेको चितवनमा बयान जारी रहँदा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप...
-
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल...
-
जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम...
-
काठमाडौं महानगरद्वारा तीन जना बालबालिकाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै...
-
बीआरआईबाट नेपालले लाभ लिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन्...
-
राष्ट्रपति पौडेल शिक्षण अस्पताल महाराजगञ्ज भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी...