घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु
काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
नीलकण्ठ नगरपालिका–५ खाल्टेमा भएको मिनिट्रक दुर्घटनामा परी पाल्पाली टोलका ११ वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा रामबहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएका छ जना घाइतेको भने काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार जारी छ ।
दुर्घटनाकै कारण मृत्यु भएका बालक सन्तोष र प्रितम दुवैजना स्थानीय पतेनी आधारभूत विद्यालयका विद्यार्थी हुन् । विद्यालय बिदा भएको बेला बारीमा काम गर्न हिँडेका अभिभावकसँग खेल्न गएका बालकहरुको मृत्युले गाउँ नै शोकमा परेको छ ।
साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा परेको मिनिट्रकमा एकै परिवारका पाँचसहित नौ जना सवार थिए । घाइतेमध्ये अहिले ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेलको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...