गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
काठमाडाैँ । आज वैशाख १२, अर्थात् नेपालमा विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा भएको छ।
झन्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार क्षतिग्रस्त बने। भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।
२०७२ साल वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। जसमा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाइ छ। भूकम्पमा परी २२ हजारभन्दा घाइते भएका थिए।
भूकम्पका कारण १४ जिल्ला सबैभन्दा बढी क्षतिग्रस्त बनेको थियो। भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको भनाइ छ।
भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ भने महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
Comments
अरु समाचार
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
आजको राशिफल: २०८१ जेठ ६ गते आइतवार
मेष वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...