जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ ।
आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थान नै ध्वस्त बन्यो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यतिबेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।
ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका–४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ । स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । आगोका कारण गाउँ झरेका वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारी खाइदिन थालेपछि स्थानीय हैरान बनेका छन् ।
पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदेल, घोरललगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो सङ्ख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन् ।
पहिले गाउँमा मानिसको चहलपहल हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका–८ का गुमानसिंह घर्तीमगरले बताउनुभयो । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुल नै हिँड्ने गरेको उहाँको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतङ्क मच्याउन थालेको घर्ती बताउनुहुन्छ । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरिदिन थालेको उहाँले बताउनुभयो । निसीखोलापट्टिबाट लागेको आगोले ठूलो रुप लिएको घर्तीको भनाइ छ ।
‘पहिले घाँसदाउरा ल्याउन जङ्गलमा पुग्दा बाँदर भेटिन्थे, चार–पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरि आगो लागिरहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावर पनि आएका छन्’, घर्तीले भन्नुभयो, ‘घर छाडेर एकैछिन कतै गएर आउँदा सबै सामान नष्ट गरिदिन्छ, एकजना हेरालु राख्नुपर्ने स्थिति आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् रु, वनमा आगो लागेको छ ।’
स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाउनुभयो । बाँदर, घोरल र स्यालले भित्र्याउने बेलाको गहुँबाली नष्ट गरिदिएको उहाँको भनाइ छ । आफ्नो घर जङ्गल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरिदिएको विकले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा आगलागी भएको भन्दै माथिल्लो क्षेत्रका जीवजन्तु सबै तल्लो भेगमा झरेको उहाँको भनाइ छ ।
दिन प्रतिदिन आगलागी हुँदै गएपछि वन्यजन्तु तितरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताउनुभयो । फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको उहाँले राससलाई जानकारी दिनुभयो । दिन प्रतिदिन जिल्लामा आगलागी बढ्दै गएको उहाँको भनाइ छ । आगो निभाउन जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटिइरहेको केसी बताउनुहुन्छ । अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उहाँको भनाइ छ ।
केसीले भन्नुभयो, ‘बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटना धेरै भएका छन्, निभाउन धेरै प्रयास भएका छन्, आगलागीबाट वन जङ्गल जोगाउन डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागिरहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।’
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...