प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवर यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुनुभएको थियो । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रुपमा इन्टरपोल एनसीबीः अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतराविरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवं सहकार्यका विषयमा छलफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदस्य राष्ट्रहरुबीच आइ–२४-७ मा पहुँच विस्तार गर्दै थप आपराधिक डेटा साझेदारी गरेर आपराधिक प्रक्रिया रोक्न, बालबालिकाको सुरक्षा र डेटा सुरक्षा बढाउँदै लैजानेलगायत ‘एजेन्डा’मा छलफल तथा सहमति भएको थियो ।
राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुख रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान–प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता निर्माण एवं पारस्परिक सहयोग आदानप्रदानका विषयमा भारत, चीन र मलेसियाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्नुभएको बताइएको छ ।
प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन यही वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको सहभागिता रहेको थियो । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा आज प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकृतले स्वागत गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय...
-
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
म्याग्दी, २२ भदौ । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक...
-
नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीहरूलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
गृहमन्त्री लेखक र विश्व बैंकका निर्देशकबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको...
-
फिफा विश्वकप छनोट २०२६ : इक्वेडरलाई हराउँदै ब्राजिलले विजयी
काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई १–०...
-
सुनिता र बुचलाई लैजाने अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यात्रा...
-
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।...