राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
ओटावामा बुधबार आयोजित समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिए। सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुन भएका प्रयासबारे पनि उनले जानकारी दिए।
दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गरिन्। साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताइन्।
Comments
अरु समाचार
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा १४७ जनाको मृत्यु
काठमाडौं । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएको...
-
इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको...
-
भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित
काठमाडौं । भारत र क्यानडाबीचको विवाद उत्कर्समा पुगेको छ। क्यानडाले भारतीय राजदूत संजय कुमार वर्मा लगायतमाथि अनुसन्धान सुरु गरेपछि दुबै...
-
बमको धम्कीपछि एयर इन्डियाको विमान दिल्लीतर्फ डाइभर्ट
काठमाडौं । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको...
-
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ,अर्को ड्रोन पत्ता लागे ‘युद्धको घोषणा’ मानिने
काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण...
-
चीनले शेन्झाउ-१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष प्रक्षेपण गर्ने
काठमाडौं । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ–१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको...
-
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्...
-
इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको...