गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन् । एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले निर्दोषलाई अनावश्यक ढंगले आरोपित गर्ने कुरा ठीक नभएको जनाएका छन् ।
उनले गिरीबन्धु टी-स्टेटका सम्बन्धमा पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ? भन्ने प्रश्न गरेका छन् । महासचिव पोखरेलले अन्तर्वार्ताका क्रममा गिरीबन्धु टी-स्टेटसम्बन्धी तत्कालीन प्रधानमन्त्री ओलीको काम कुनै एउटा परियोजनाका लागि गरिएको विषय नभएको दाबी पनि गरेका छन् ।
समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरु व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्नु र कानुन नै नबनाइकन अनेकपटक जग्गा बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउनु उचित नभएको एमाले महासचिव पोखरेलको भनाइ छ ।
एमाले महासचिव शंकर पाखरेलले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताको केही अंश जस्ताको तस्तै:
‘ कुनै पनि हालतमा दोषी मान्छे उम्किनु हुँदैन । निर्दोषलाई अनावश्यक ढंगलेचाहिँ आरोपित गर्ने कुरा ठीक होइन । गिरिबन्धु टीस्टेट भनेरचाहिँ पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ?यो नीतिगत निर्णय गरेको विषय हो । त्यो कुनै एउटा परियोजनाका लागि गरिएको विषय हो र ? समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरुको व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्ने ? कानुन नै नबनाइकन अनेकपटक जग्गाचाहिँ बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउने ? छानविन गरे हुन्छ नि त ? हामी त के भन्छौं भन्दा खेर्री सबैभन्दा बढी चर्चामा ल्याएको गिरीबन्धु टीस्टेटको जग्गा बिक्री गर्ने विगतका कामहरुबाट थालौं न त छानविन गर्न । त्यहाँ त ज्ञानेन्द्र शाह पनि पर्नेछन् र अहिले नेपाली कांग्रेसका जिम्मेवार नेताहरु पनि पर्नेछन् ।’
Comments
अरु समाचार
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपालले अमेरिकालाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं । अमेरीकामा जारी टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि अमेरिकालाई एक सय ६५ रनको लक्ष्य दिएको छ ।...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
मिनहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुर को जग्गाको कुनै साइनो छैन: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा...
-
भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको...
-
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
काठमाडौं । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच...
-
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
काठमाडौं । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा...
-
राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण
काठमाडौं । बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी...
-
विपद्पछिको पुनः निर्माणको काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका...