ताजा समाचार

गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन् । एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले निर्दोषलाई अनावश्यक ढंगले आरोपित गर्ने कुरा ठीक नभएको जनाएका छन् ।

उनले गिरीबन्धु टी-स्टेटका सम्बन्धमा पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ? भन्ने प्रश्न गरेका छन् । महासचिव पोखरेलले अन्तर्वार्ताका क्रममा गिरीबन्धु टी-स्टेटसम्बन्धी तत्कालीन प्रधानमन्त्री ओलीको काम कुनै एउटा परियोजनाका लागि गरिएको विषय नभएको दाबी पनि गरेका छन् ।

समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरु व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्नु र कानुन नै नबनाइकन अनेकपटक जग्गा बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउनु उचित नभएको एमाले महासचिव पोखरेलको भनाइ छ ।

एमाले महासचिव शंकर पाखरेलले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताको केही अंश जस्ताको तस्तै:

कुनै पनि हालतमा दोषी मान्छे उम्किनु हुँदैन । निर्दोषलाई अनावश्यक ढंगलेचाहिँ आरोपित गर्ने कुरा ठीक होइन । गिरिबन्धु टीस्टेट भनेरचाहिँ पार्टी अध्यक्ष जोड्ने खालको जे जस्तो धन्धा भयो, के लेनदेन भएको विषय हो र ?यो नीतिगत निर्णय गरेको विषय हो । त्यो कुनै एउटा परियोजनाका लागि गरिएको विषय हो र ? समग्रतामा औद्योगिक क्षेत्रमा रहेका जमिनहरुको व्यवस्थापनका सन्दर्भमा वैकल्पिक व्यवस्था गर्नका लागि कानुन बनाएको कुरालाइ चाहिँ भ्रष्टाचार ठान्ने ? कानुन नै नबनाइकन अनेकपटक जग्गाचाहिँ बिक्री गर्ने खालको अनुमति दिनेहरुचाहिँ ठूलो स्वरमा कराउने ? छानविन गरे हुन्छ नि त ? हामी त के भन्छौं भन्दा खेर्री सबैभन्दा बढी चर्चामा ल्याएको गिरीबन्धु टीस्टेटको जग्गा बिक्री गर्ने विगतका कामहरुबाट थालौं न त छानविन गर्न । त्यहाँ त ज्ञानेन्द्र शाह पनि पर्नेछन् र अहिले नेपाली कांग्रेसका जिम्मेवार नेताहरु पनि पर्नेछन् ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org