विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् ।
भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म आठ हजार चार सय ९७ वटा विद्युतीय गाडी नेपालमा आएका छन् । विद्युतीय गाडीको आयातमा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारलाई नौ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
वैशाखमा मात्रै एक हजार चार सय वटाभन्दा धेरै विद्युतीय गाडीको आयात भएको विभागले जनाएको छ । गएको वर्ष जम्मा दुई हजार नौ सय ५५ वटा विद्युतीय कार आयात भएका थिए ।
यसैबीच चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ७६ अर्ब सात करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । १० महिनामा एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ अर्ब रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।
विद्युतीय गाडीको आयात बढ्दा पेट्रोल र डिजेलको खपत घट्ने अनुमान भए पनि गएको वर्षको जत्तिकै परिमाणमा पेट्रोल र डिजेलको आयात भइरहेको छ ।
Comments
अरु समाचार
-
आजको राशिफल : २०८१ साल भदौ २३ गते आइतबार
मेष: मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम...
-
हवल्दारलाई (सूचक) आफ्नो मुख्य सल्लाहकार बनाउँदा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख (एसपी) ओमबहादुर खड्का विवादित
कैलाली । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका एसपी ओमबहादुर खड्का आफ्नै कारणले विवादित बनेका छन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय...
-
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
म्याग्दी, २२ भदौ । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक...
-
आज निजामती सेवा दिवस मनाइँदै, ४० कर्मचारी पुरस्कृत हुँदै (नामसहित)
काठमाडौं । आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’...
-
आजको राशिफल: २०८१ भदौ २२ गते शनिवार
मेष: परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ। साथीभाइसँग...
-
यसरी मनाए कलाकारले तीज
काठमाडौँ, २१ भदौः आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५...
-
हरितालिका तीजको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र...
-
धनुषाको लक्ष्मीनियामा एकै परिवारका तीन बालकको पोखरीमा डुबेर ज्यान गयो
धनुषा । धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका...