ताजा समाचार

विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन

काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म आठ हजार चार सय ९७ वटा विद्युतीय गाडी नेपालमा आएका छन् । विद्युतीय गाडीको आयातमा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारलाई नौ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

वैशाखमा मात्रै एक हजार चार सय वटाभन्दा धेरै विद्युतीय गाडीको आयात भएको विभागले जनाएको छ । गएको वर्ष जम्मा दुई हजार नौ सय ५५ वटा विद्युतीय कार आयात भएका थिए ।

यसैबीच चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ७६ अर्ब सात करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । १० महिनामा एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ अर्ब रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।

विद्युतीय गाडीको आयात बढ्दा पेट्रोल र डिजेलको खपत घट्ने अनुमान भए पनि गएको वर्षको जत्तिकै परिमाणमा पेट्रोल र डिजेलको आयात भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org