सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज
काठमाडौं । जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ ।
रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।
“साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो”, भगवती मैदानका बासिन्दा रिम मल्लले भन्नुभयो, “सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।” विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँुदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताउनुभयो ।
“पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल रु दुई सय ५० कायम गरिएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ ९१० बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिनुभयो । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले रु १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।
पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।
भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गरेको आरोपमा...
-
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा...
-
प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको...
-
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।...
-
मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् । सुन्दरहरैचा नगरपालिका–...
-
कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान...
-
झापामा चट्याङ लागेर दुईजनाको मृत्यु
काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र...