नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यकः डा राजन भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताएका छन् ।
सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्धाहरु’ विषयक छलफलमा प्रमुख डा भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कुटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिए ।
उनले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्दै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताए । उनले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गर्नुपर्नेमा पनि जोड दिए ।
चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने पनि उनको भनाइ थियो । राष्ट्रियसभाका सदस्य डा अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताए।
Comments
अरु समाचार
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा...
-
प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको...
-
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।...
-
मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् । सुन्दरहरैचा नगरपालिका–...
-
कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान...
-
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार...
-
झापामा चट्याङ लागेर दुईजनाको मृत्यु
काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र...
-
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ काठमाडौंमा बैठक सुरु
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँमा हुने बैठकमा...