इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने
काठमाडौं । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।
नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताए। उनले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
“नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौँ”, नगरप्रमुख थापाले भन्नुभयो, “कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो ।” चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।
महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको नगरप्रमुख थापाले बताए । उनका अनुसार महोत्सव इलाम बजारमा आयोजना गरिने छ ।
महोत्सव आयोजनाका लागि नगरप्रमुख थापाको संयोजकत्वमा समिति गठन भएको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा चियासँग सम्बन्धित विभिन्न सङ्घसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन् ।
महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले बताउए। उनका अनुसार इलाममा १९२० सालमा नै चिया रोपन सुरु भएको इतिहास छ ।
महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइनेछ । विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ ।
इलाममा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएकामा यहाँका किसान उत्साहित भएका छन् । महोत्सवमा ‘चिया’ विषयमा छलफल एवं अन्तक्र्रियासमेत हुने नगरप्रमुख थापाले जानकारी दिए ।
Comments
अरु समाचार
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गरेको आरोपमा...
-
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा...
-
प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको...
-
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।...
-
मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् । सुन्दरहरैचा नगरपालिका–...
-
कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान...
-
झापामा चट्याङ लागेर दुईजनाको मृत्यु
काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र...