मेक्सिकोको पहिलो महिला राष्ट्रपति –निर्वाचित सेनबामलाई राष्ट्रपति बाइडेनको बधाई
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् । “म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु“, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने ।
“हामी दुई देशहरू बिचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ। हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु “, उनले भने ।
यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । “स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजार भन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु।“ राष्ट्रपति बाइडेनले बताए।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित भएकामा क्लाउडिया सेनबामलाई बधाई दिए र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गरे ।
जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकिहुन् । उनि यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि भएको पोलिटिकोले जनाएको छ। मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरिन् ।
मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताए । सेनबामले भने, “गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु। हामीले पूर्ण रुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं ।“
Comments
अरु समाचार
-
राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका...
-
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू...
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
काठमाडौं । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको...
-
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित
काठमाडौं । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार...
-
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव...
-
“मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल”
मस्को । उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको...
-
इजरायली हमलामा गाजामा ७० को मृत्यु
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल...