बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।
यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।
प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । “राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने । मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६ औँ राष्ट्रपति हुन। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए।
भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।
सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो । बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
Comments
अरु समाचार
-
रहेनन् बलिउडका ‘हि–म्यान’ धर्मेन्द्र
भारत । सिनेमामा ‘हि–म्यान’ भनेर परिचित बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। ६ दशकभन्दा बढी समयदेखिको अनुपम...
-
ट्रम्पको ५ दिने एशिया भ्रमण : शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको समिश्रण
वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ...
-
16th ‘Belt and Road’ health post in Nepal to strengthen medical cooperation
Kathmandu : In order to continue deepening health cooperation and people-to-people exchanges under the "One Belt, One Road" framework, the...
-
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु !
काठमाडाैं । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु...
-
ट्रम्प–पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएसँगै युक्रेनमा रूसी हवाई आक्रमण भएको...
-
दिल्लीमा वायु प्रदूषण उच्च, दैनिक सीमाभन्दा १६ गुणा बढी एक्यूआई
नयाँ दिल्ली । भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण उच्च भएको छ । दिल्लीमा वायु गुणस्तर मापन सूचक एक्यूआई ३००...
-
जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन !
काठमाडाैं । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । दोस्रो विश्वयुद्धमा...
-
बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड !
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा...
-
‘भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य’
वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्कको डरले देशहरू ‘ब्रिक्स’ बाट बाहिरिन बाध्य भएका दाबी गरेका छन् । ह्वाइट...












