कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता असार ३ गतेदेखि
काठमाडौं । प्रदेश खेलकुद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ । बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले चालु आव २०८० – ८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरी जिल्लामा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरङको विराटनगरमा असार १५ भित्र , प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ गतेदेखि १३ गतेसम्म, प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने भएको छ ।
यसैगरी, प्रदेशस्तरीय कवड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालिम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सदस्य सचिव बस्नेतले लामो समयमादेखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता बाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ । उहाँले मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय विघा जग्गाका बहुउद्देश्यीय खेलकुद भवन निर्माण गरिने जानकारी दिनु भयो ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...