सरकार र अनसनरत रुवी खानबीच के के भयो सहमति ?
काठमाण्डौ । सरकारी वार्ता टोली र अनसनरत रुवी खान नेतृत्वको वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयमा हिजो भएको वार्तामा खान नेतृत्वको टोलीसँग सरकारी वार्ता टोलीले पाँचबुँदे सहमति गरेको हो ।
बाँकेमा निर्मला कुर्मी र सुमदरानी थारुले ज्यान गुमाएको घटनामा विभिन्न माग राखी खानको नेतृत्वमा अनसन हुँदै आएको थियो । सहमतिपत्रमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धानलाई प्राथमिकताका साथ यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनसमेतको अध्ययनरविश्लेषण गरी कानुनबमोजिम निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ ।
यस्तै सुमदरानी थारुको घटना सम्बन्धमा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपितलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन भइरहेका काम कारबाहीमा पीडितलाई कानुनबमोजिम दिन मिल्ने प्रगति ब्यहोरा अद्यावधिक गराइदिन नेपाल प्रहरी प्रधान कार्यालयमार्फत् जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने सहमति भएको छ ।
यस्तै बाँके जिल्ला प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन गर्नुपर्ने सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई लेखी पठाउने, यसमा आन्दोलनरत पक्ष र निजको परिवारको उचित एवम् प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय, बाँकेमा लेखी पठाउने सहमतिपत्रमा उल्लेख छ । सहमतिसँगै आन्दोलन हिजोदेखि नै अन्त्य भएको छ । गृहमन्त्री लामिछानेले जुस खुवाएसँगै खानले अनसन तोड्नुभएको हो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












