ताजा समाचार

ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न

काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् ।

एमाले अध्यक्ष केपी ओलीका निकट विश्वासपात्र गाैतमलाई अन्तिम समयमसम्म पनि ओलीले पदाधिकारीको उम्मेदवार बनाउन दिएको वचनविपरित नाम सूची नआएपछि गाैतमले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

गाैतम संखुवासभामा अत्यन्तै लोकप्रिय नेता हुन भने उनले एमालेको १० औं महाधिवेशनपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरिसकेका छन् ।

गाैतमले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेपछि आफूलाई कामको आधारमा मूल्याङ्कन गर्न र प्रतिनिधिले विवेकको प्रयोग गर्दै मत दिन अपिल गरेका छन् । एमालेमा मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओलीलाई आदर्श मान्ने गाैतमले ओली घेराबन्दीमा परेपछि आफू सूचीमा नअटाएको खुलासा गरेका छन् ।

स्वतन्त्रमा उम्मेदवारी दिएका गाैतम निर्वाचन जित्ने र उपमहासचिव बन्ने दाबी गरिएको छ। महाधिवेशनस्थल भृकुटिमण्डपमा उपस्थित प्रतिनिधिहरुले पनि उनको पक्षमा मत माग्न थालिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org