ताजा समाचार

उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ ।

प्रदीपका प्रस्तावकमा फर्सु पाण्डे र समर्थक रामजी ढकाल छन् । पाण्डे लुम्बिनी प्रदेश कमिटी सदस्य र ढकाल कालीगण्डकी गाउँपालिका अध्यक्ष हुन् । महासचिवको उम्मेदवार नबनाइएको प्रति चित्तबुझ्दो जवाफ माग्दा अध्यक्ष ओलीले केही पनि नभनेपछि कुनै पदमा नउठ्ने भन्दै उनी बाहिरिएका थिए । निकटस्थको अनुरोधपछि केन्द्रीय सदस्यमा नोमिनेसन गरेका छन् ।

देशभर पार्टी स्कूल विभागमार्फत प्रशिक्षण कार्यक्रम चलाएर एमालेको जरा तहसम्म आफ्नो प्रभाव र पहुँच स्थापित गरेका नेता ज्ञवाली यसपटक महासचिवका दाबेदार थिए । उनलाई महासचिव बनाउने सन्दर्भमा अर्का प्रतिस्पर्धी पृथ्वीसुब्बा गुरुङ पनि सकारात्मक भएर उपाध्यक्षमा सहमत भएका थिए ।तर उम्मेदवार संशोधन गर्ने आग्रह ओलीले अश्वीकार गरेपछि ज्ञवालीले पहिलोपटक ओलीसँग विद्रोह गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org