सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन्।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आवश्यक रहेकामा जोड दिए। ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरू परिवर्तन हुन सक्छन्,’ पुनले भने, ‘तर, आर्थिक विकासका लागि नीतिगत स्थिरता चाहिन्छ।’ वर्तमान प्रचण्ड नेतृत्वको सरकारले विगत सरकारका सकारात्मक नीतिलाई निरन्तरता दिएको स्मरण गर्दै उनले नयाँ बन्ने सरकारले पनि त्यसलाई ध्यान दिने विश्वास व्यक्त गरे।
उनले लगानी वृद्धि र बजार व्यवस्थापनजस्ता विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वको साथै नीति–निर्माताहरूले ध्यान दिनुपर्नेमा जोड दिए। विकास नीति बनाउँदा भौगोलिक अवस्थिति र मुलुकको वास्तविकतामा आधारित हुनुपर्ने उनको भनाइ थियो। सिंगापुर, दक्षिण कोरिया, युरोपियन मुलुक र नेपालका दुई छिमेकी भारत र चीनले वस्तुगत अवस्थामा आधारित योजना निर्माण गरेका कारण विकास गरेको चर्चा उनले गरे।
मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई संरक्षण गरी प्रतिस्पर्धी र व्यावसायिक बनाउने नीति अख्तियार गरिएको बताए। त्यसका लागि आलु र प्याजजस्ता दैनिक उपभोग्य वस्तुमा चालू आर्थिक वर्षमा लगाइएको कर हटाइएको उनको भनाइ थियो। यस्तै, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत बाहिरबाट आयात हुने वस्तुमा अग्रिम कर लगाइएको प्रस्टीकरण मन्त्री पुनले दिए। यस्तै, सरकारले बजेटमार्फत ०८१ देखि ०९१ सम्म कृषि दशक घोषणा गरिएको जानकारी दिए।
फरक प्रसंगमा उनले नेपालले कृषिसँगै पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रमा क्षेत्रीय र विश्व बजारमा प्रतिस्पर्धा गर्ने वातावरण बनेको चर्चा गरे।‘अर्थतन्त्रमा संकुचन हुँदाहुँदै पनि चालू आर्थिक वर्षमा पर्यटनमा २० प्रतिशत र जलविद्युतमा १९ प्रतिशतको वृद्धि देखियो,’ उनले भने, ‘चिया, कफी, अलैँची, अदुवा र जडीबुटीसहित १९ वटा कृषि उत्पादन र आइटीमा हामी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छौँ ।’
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...
-
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
काठमाडौं । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज...
-
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास...
-
बीपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
धुलिखेल । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो...
-
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा...