ताजा समाचार

चितवनको राप्ती नगरपालिकाका मेयर लामा सवार गाडीमाथि आक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडीमाथि आक्रमण भएको छ । आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् ।

लामा आफैंले कार्यालयको गाडी चलाएका थिए । कार्यालयमा सवारी चालक भए पनि लामा आफैंले गाडी लिएर हिँड्ने गर्छन् । आक्रमण गर्ने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । विवादका कारणले नगरसभासमेत लामाले गर्न सकेका छैनन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org