ताजा समाचार

भाडाको फ्ल्याटबाट तस्करी-करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

काठमाडौं । ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको थियो ।

उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटबाट ६ जना समातिएका हुन् । प्रहरीले खानतलासीका क्रममा पक्राउ परेकाहरूलाई सोधपुछ गर्दा काठमाडौं र ललितपुरका अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएर अवैध कारोबार गरेको भेटिएको छ ।

प्रहरीले उक्त घरबाट १ किलो ५८७.५१ ग्राम अवैध सुन पनि बरामद गरेको छ । त्यसैगरि, उक्त घरबाट १ किलो १५३.२२ ग्राम चाँदी पनि बरामद भएको छ । बरामद उक्त धानु परीक्षण गर्दा असली सुनचाँदी पुष्टि भएको प्रहरीले जनाएको छ ।

उक्त घरबाट अवैध सुनचाँदीसँगै प्रहरीले नेपाली रुपैयाँ ५८ लाख ३५ हजार ५६० र भारतीय रुपैयाँ ८ हजार ५५० पनि बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org